शिक्षा पुरस्कारका लागि आवेदन आहृवान

नेपाल पत्रकार महासंघले शिक्षा विभागको सहकार्यमा विगतका वर्षझै यस वर्षपनि शिक्षासम्बन्धी विभिन्न पुरस्कारका लागि आवेदन आहृवान गरेको छ । यस क्रममा रु. ७५,०००।- राशीको एउटा राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार, काठमाडौं उपत्यकालाई १ क्षेत्र मानी ५ विकास क्षेत्रसहित १/१ जनाका दरले ६ वटा रु. २५,०००।- का दरले क्षेत्रीय शिक्षा पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ ।
यसैगरी प्रत्येक विकास क्षेत्रबाटै २/२ जनाका दरले १२ जनालाई जनही रु. १५,०००।- का दरले शैक्षिक लेखनवृत्ति र टेलिभिजनमध्येबाट एक टेलिभिजन र राष्ट्रिय दैनिक पत्रिकामध्येबाट एक राष्ट्रिय दैनिकलाई रु. ४०,०००।- दरले संस्थागत शिक्षा पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ । यस्तै पाँच विकास क्षेत्र र उपत्यकाको एक गरी  ६ वटा एफ एम रेेडियोलाई रु. २०,०००।- का दरले संस्थागत पुरस्कार प्रदान गरिने छ ।
राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कारमा सहभागी हुने पत्रकारले शिक्षा पत्रकारितामा पुर्‍याएको योगदानसहितको व्यक्तिगत विवरण पेश गर्नुपर्नेछ ।
त्यस्तै क्षेत्रीय शिक्षा पत्रकारिता पुरस्कार र लेखनवृत्तिका लागि शिक्षा पत्रकारितामा पुर्‍याएको योगदानसहितको व्यक्तिगत विवरण -द्यष्य-म्बतब) र २०७० बैशाख १ गते देखि २०७० चैत्र मसान्तसम्मका कुनै पनि र्सार्वजनिक सञ्चारमाध्यममा प्रकाशित/प्रसारित ५ वटा सामग्रीसहित चाहेको पुरस्कार किटान गरी पहिलो पटक सूचना प्रकाशित भएको मितिले ३० दिन अर्थात २०७१ असार ३ गते कार्यालय समयभित्र महासंघ केन्द्रीय कार्यालय सञ्चारग्राम, काठमाडौंमा वा महासंघको इमेलfnjnepal@mail.com.np मा आइपुग्नेगरी पठाउनु पर्नेछ ।
यसैगरी संस्थागत पुरस्कारको हकमा एफएम रेडियो,  टेलिभिजन र राष्ट्रिय दैनिक पत्रिकाबाट  २०७० बैशाख १ गते देखि २०७० चैत्र मसान्तसम्म शिक्षासम्वन्धी प्रकाशित/प्रसारित समाग्रीको मूल्याड्कन छनौट समितिले गर्ने-गराउने छ भने एफ एम रेडियोको हकमा ६ प्रदान गरिने वटा क्षेत्रिय पुरस्कारको छनौट र मूल्याड्कन नेपाल पत्रकार महासंघका क्षेत्रीय संयोजकको संयोजकत्वमा गठनहुने ३ सदस्यीय समितिले गर्नेछ ।
माग गरेबमोजिम तोकिएको मितिभित्र प्राप्त नभएका सामग्रीहरुलाई मान्यता दिइने छैन । महासंघ शिक्षा सम्बन्धी विभिन्न पुरस्कार र लेखनवृत्तिको अवसर उपयोग गर्न सम्बन्धित इच्छुक पत्रकारहरु एवम् संचारमाध्यमहरुलाई आहृवान गर्दछ । साथै, यसअघि राष्ट्रिय तथा क्षेत्रीय शिक्षा पत्रकारिता पुरस्कार पाएका पत्रकार तथा सञ्चारमाध्यमलाई सोही पुरस्कार प्रदान गरिनेछैन ।
शिक्षा पत्रकारिता पुरस्कार महासंघ र शिक्षा विभागको निर्ण्र्ाानुसार तयार गरिएको मापदण्डका आधारमा छनौट गरिने छ । यससम्बन्धी विस्तृत जानकारीका लागि नेपाल पत्रकार महासंघको वेभ साइट www.fnjnepal.org वा शिक्षा विभागको वेभसाइट www.doe.gov.np मा हर्ेर्नुहुन तथा महासंघ केन्द्रीय कार्यालयमा सर्म्पर्क गर्नुहुन अनुरोध छ ।
अर्घाखाँची जिल्लामा रहेर पत्रकारीता गर्ने म जिल्लामा सामाजिक सञ्जालको बढी प्रयोग गर्ने मान्छेभित्र पर्छु ।
मलाई फेसबुकमा ः www.facebook.com/argnews
ट्वीटरमा : https://twitter.com/haripdnepali
र स्काइपीमा भेट्न सक्नुुहुनेछ ।

मेरो जीवनयात्रा

अर्घाखाँची जिल्लाको धारापानी गा.वि.स. वडा नं.६ बाँजाखर्कमा बुवा दोल प्रसाद भुसाल र आमा निमकला भुसालको दोश्रो सन्तानको रुपमा २०४५ साल कार्तिक २४ गतेका दिन मैले यो धर्तीमा पहिलो पाईला टेकेको हुँ । 

रातामाटामै रहेको श्री अन्नपूर्ण निम्न माध्यमिक विद्यालयमा कक्षा ८ सम्मको अध्ययन पुरा गरेको मैले २०६० सालमा श्री शान्ति माध्यमिक ( अहिलेको उच्च मा.वि.) बाट एस.एल.सी उत्तीण गरेँ ।

घरको कमजोर आर्थिक अवस्थाका बाबजुत पनि आफ्नो छोरालाई ठूलो मान्छे बनाउने चाहना अनुरुप २०६१ सालमा बुवाले मलाई काठमाण्डौ लैजानुभयो । काठमाण्डौमा धेरै उतार चढावहरु आए । काठमाण्डौ बसाई जनआन्दोलनताका आन्दोलनमा बाहेक खासै सफलताको लागि प्रयोग भएन । जीवनमा पहिलोपटक राजनीतिक भाषा जानियो, अनि त्यतीबेलाको सानै पार्टी नेपाली जनता दलको साधारण सदस्य हुँदै केन्द्रीय सदस्य सम्म बन्ने अवस्था सृजना भयो ।

राजनीतिक भाषा जान्ने शुभ अवसर प्राप्त भएपनि काठमाण्डौ बसाईमा मेरो शैक्षिक यात्रा खासै उपलव्धीपूर्ण रहेन । भोटाहिटीमा रहेको ललितकला क्याम्पसमा कक्षा ११ र १२ को पढाई पुरा गरेपछि बि.एफ.ए. (चित्रकला विषयमा स्नातक) को तेस्रो वर्ष सम्मका सवै क्लासमा पढियो । कुन वर्षका कुन कुन विषय पास गरीयो, कुन पास गर्न बाँकी छ भन्ने सम्म टुंगो छैन । किनकी त्यतीबेला मेरो पढाई भन्दा राजनीतिले बढी समय लिएको थियो । मलाई संझना छ, एक दिन बिहान म पार्टी प्रशिक्षणमा सहभागी भएको थिएँ । विहान ११ बजेतिर जाँच दिन किन नआएको भनेर एकजना साथीले फोन गर्दा पो थाहा भययो, मैले त त्यस दिन जाँच थियो भन्ने नै भुसुक्क विर्सेछु । (हल्का निलो अक्षर पछि थपिएको)

पत्रकारिताको पहिलो अभ्यास :
पत्रकारीतामा केही रुची भएपनि म प्रत्यक्ष सहभागी बन्ने मौका पाएको थिइन । नेपाली जनता दलसंग आवद्ध रहँदै गर्दा पार्टीको मुखपत्रको रुपमा प्रकाशित हुँदै आएको न्याय चक्र साप्ताहिकका करीव ६ महिनासम्म कार्यकारी सम्पादकको रुपमा काम गर्ने अवसर जुर्यो । यो नै मेरो जीवनको पहिलो पत्रकारीता थियो ।

अर्घाखाँचीको यात्रा ः
जाआन्दोलन २ र संविधानसभाको पहिलो चुनाव, गणतन्त्र घोषणा लगायतका महत्वपूर्ण समययमा काठमाण्डौमा विताएको मलाई धेरै वर्ष काठमाण्डौको बसाई जुरेन । करीव करीव सात वर्ष लामो काठमाण्डौ बसाई अन्त्य गर्दै २०६७ सालतिर म अर्घाखाँची फर्किएँ । काठमाण्डौको बुद्धनगर, बिजुलीबजार नजिकै सानो पसल समेत सञ्चालन गरेको मैले पसल “कटाकुटु” पारेर सन्धिखर्क फर्किएँ ।

राजनीतिमा लाग्नु गल्ती ः
काठमाण्डौमा राजनीतिक यात्राको कारण पसलमा समय दिन नसक्ने भएपछि म सन्धिखर्क फर्किएको थिएँ । सन्धिखर्क आएको करीव ६ महिनापछि तत्कालिन सभासद् विश्वनाथ प्रसाद अग्रवालको प्रमुख आतिथ्यतामा सानदार रुपमा नेपाली जनता दलको जिल्ला भेला सम्पन्न भयो । जसले मलाई अध्यक्षको जिम्मेवारी दिएको थियो । 

संविधानसभाले संविधान जारी गर्न नसकी विघटन भएपछि आजिवन राजनीति नगर्ने गरी मैले २०६९ साल बैशाखमा सन्धिखर्कमा भएको लोकतन्त्र दिवसमा घोषणा नै गरेर सक्रिय राजनीति त्यागेको थिएँ । फेरी जीवनमा अर्को कमजोरी गर्दै म केही न केही रुपमा ड्यास माओवादीसंग जोडिएँ । जनता दल छोडेको त्यस्तै ५÷६ महिनापछि नेकपा माओवादी निकनटको क्रान्तिकारी पत्रकार महासंघमा जोडिएँ । एक दुई महिना माओवादी बनेको मैले २०७० साल जेठ नौ गतेका दिन जीवनमा कुनै पनि पार्टीको सक्रिय कार्यकर्ता नबने गरी पार्टी परित्याग गरेँ । कमजोरीका विच नै भएपनि यो मेरो जीवनको एतिहाँसिक र महत्वपूर्ण दिनको रुपमा रह्यो । 

पार्टी विनाको जीवन ः
पार्टी विनाको जीवन त्यती सजिलो नहुने रहेछ । पार्टिको साधारण सदस्य समेत नरहने गरी पार्टि त्यागेपछि मलाई जीवनमा धेरै बाधा ब्यवधानहरु आए । आइरहेका छन् । र भविश्यमा पनि आउनेछैनन् । खासगरी दलीय पत्रकारीताको विरोध गर्ने म कुनैपनि पार्टीमा आस्थावान साथीहरुसंग पनि टाढा छु । रपनि म अत्यन्तै खुसी छु । 

अहिले ः
यो पोष्ट लेख्दै गर्दा व्यवसाय संगै म अर्घाखाँची जिल्लाका स्थानीय मिडीयाहरुमा क्रियाशिल छु । गतवर्षदेखी नयाँ एफ.एम.को स्टेशन म्यानेजरको रुपमा कार्यरत रहेको म अर्घाखाँची जिल्लामा मिडीयाको बिकास भएको देख्न चाहन्छु ।  जिल्लामा कमसेकम एउटा सफल एफ.एम., एउटा दैनिक पत्रिका र एउटा शसक्त अनलाइनको व्यवस्थापनमा मेरो मुख्य ध्यान केन्द्रीत छ । यो नै मरो जीवनको लक्ष्य पनि हो । 

बाँकी फेरी फेरी लेख्छु नी ल ........... २०७० बैशाख ३० गते

पढेर सक्काउनुभयो ? यही मुनिपट्टी खुसुक्क कमेन्ट पनि है ।

पत्रकारको नयाँ नेतृत्वबाट अपेक्षा (२)

-रविराज बराल-

नेपाल पत्रकार महासंघलाई लाग्ने अर्को आरोप हो – यो राजनीतिक दलनिकट पत्रकार संस्थाको गठबन्धन हो। सत्य हो, यसको नेतृत्वका लागि विभिन्न दलनिकट पत्रकारका संस्थाले प्रतिनिधि उठाउँछन्। यसपटकको महाधिवेशनमा पनि विभिन्न वाम दलनिकटका प्रेस चौतारी, क्रान्तिकारी पत्रकार संघ, क्रान्तिकारी पत्रकार महासंघ र प्रगतिशील पत्रकार संघबीच गठबन्धन बन्यो। युनियन एक्लै चुनाव लड्यो।
लोकतान्त्रिक व्यवस्थामा हुने जुनसुकै निर्वाचनमा विचार वा मुद्दाका आधारमा हुने गठबन्धनलाई अस्वभाविक भन्न मिल्दैन। बरु चुनावमा बहुमत ल्याउनेले अल्पमतलाई निर्णयप्रकृयामा पाखा लगाउन सक्ने खतराप्रति भने सचेत रहनुपर्छ। पत्रकारले पेशागत धर्म निर्वाह गर्दा राजनीतिक विचारले के कति असर पार्छ, बहसको अर्को पाटो हो। पत्रकार राजनीतिकरुपमा निष्कृय, आवद्ध, सक्रिय वा तटस्थ के रहने भन्ने बहस विश्वभर छ।
प्रधानमन्त्री सुशील कोइरालाले २४ औँ महाधिवेशन उद्‍घाटन समारोहमा पत्रकार ध्रुबीकरणप्रति असन्तुष्टी जनाउँदै सोधे- राजनीतिक विचार हुनु गलत हैन तर के को पोलराइजेसन?
हरेक जिल्लामा राजनीतिक आधारमा नै ध्रुबीकरण र चुनाव हुन्छ अनि नेतृत्व छानिन्छ। कतै सहमतिमा भागबन्डा पनि गरिन्छ। केन्द्रमा देखिएको ‘पोलराइजेसन’ जिल्ला शाखा, प्रतिष्ठान तथा विभिन्न एसोसियसनमा भएका ध्रुबीकरण र भागबन्डाको उच्च रुपमात्र हो। प्रश्न उठ्छ- के अब ध्रुबीकरण र राजनीति रोक्न सकिन्न? ध्रुबीकरण र भागबन्डाको संस्कृति रोक्न नयाँ नेतृत्वले गर्न सक्ने काम भनेको निर्वाचन प्रणाली परिवर्तन हो। भागबन्डा नपुगेर यसपटक विधान संशोधनमार्फत महासंघमा सचिवको संख्या एकबाट चार पुर्‍याइयो। एक उपाध्यक्ष थपियो। यो सबै प्रत्यक्ष निर्वाचन प्रणाली नअपनाउँदाको परिणाम हो।
प्रत्यक्ष निर्वाचन प्रणाली अपनाउने र महासंघका सम्पूर्ण साधरण सदस्यले नेतृत्व छनोटका लागि मतदान गर्न पाउने व्यवस्था लागू गर्ने बित्तिकै केन्द्रीय पार्षद बन्न जथाभावी भैरहेको सदस्यता वितरण धेरै हदसम्म रोकिनेछ। ७ जना सदस्य बराबर एक पार्षदको व्यवस्था संशोधन गरी १० बराबर एक पार्षद बनाइएको छ। यो झन् घातक छ। अतः नयाँ नेतृत्वले प्रत्यक्ष निर्वाचन प्रणाली लागू गर्न ढिला गर्नुहुन्न।
अर्को पटकको महाधिवेशनमा प्रत्यक्ष निर्वाचन प्रणाली लागू गर्ने गरी महासंघ अध्यक्ष र महासचिवले केन्द्रीय समिति परिचालन गर्नुपर्छ। निर्वाचन र महाधिवेशन छुट्टाछुट्टै गर्दा महाधिवेशन गम्भिर सैद्धान्तिक वहस गर्ने थलो बन्न सक्छ, चुनाव राजनीति गर्ने थलो। प्रत्यक्ष निर्वाचन प्राणली अपनाएपछि महासंघका सबै साधरण सदस्यले आआप्नो जिल्ला वा कार्यस्थलबाट मतदान गर्न पाउँछन्। मत केन्द्रमा ल्याएर गन्न सकिन्छ। सबै साधारण सदस्यले मतदान गर्न पाएपछि राजनीतिक प्यानलबाट उठेका बाहेकले पनि चुनाव जित्ने अवस्था बन्छ। नेतृत्व चयन लोकतान्त्रिक बन्छ।
पत्रकारको क्षमता अभिवृद्धि
नेपालमा पत्रकारिता शिक्षा सुरु भएको वर्ष पुगेपनि यो सैद्धान्तिकमात्र छ। एउटा लेखमा गोपाल गुरागाईले भनेजस्तै ‘मिडियालाई चाहिने दक्ष पत्रकार, सञ्चारकर्मी, ब्यवस्थापक बनाउने काम कसैले गरेनन् । पत्रकारिता पढाउने कलेजहरुले बर्षमा सरदर २ सय खर्दार र मुखिया क्वालिटीका सिकारु मात्र उत्पादन गर्दैछन्, त्यो पनि बर्षौ पुरानो पाठ्यक्रमका आधारमा।’
राज्यले जस्तै मिडिया सञ्चालकले पनि पत्रकारको क्षमता अभिवृद्धि गर्न सिन्को भाँचेका छैनन्। नियमित तलब दिनसक्नु नै मिडिया सञ्चालकका लागि गर्वको विषय बनेको छ। एउटा पत्रकारले आफ्नो बलबुताले जति सिक्यो सिक्यो, संस्थाले उसलाई सिकाउन, उसको क्षमता बढाउन ध्यान कहिल्यै दिँदैन। काम लगाउने तर तलब नदिने प्रवृत्तिले पत्रकार पेशाबाट नै पलायन हुँदैछन्। पढेलेखेका र पैसा भएकाहरु युरोप र अमेरिका। पढाइ कमजोर भएका अनि पैसा कम भएका खाडी मुलुक। पत्रकार पलायन रोक्न र कार्यरत पत्रकारको क्षमता बढाउन महासंघले के गर्ने? नयाँ नेतृत्वले सोच्नैपर्ने भएको छ।
न्युनतम पारिश्रमिक निर्धारण र कार्यान्वयन
श्रमजीवी पत्रकारको हकहितका लागि श्रमजीवी पत्रकार ऐन बनेको छ। तर यसलाई कार्यान्वयन गराउन सकिएको छैन। पत्रकारलाई अहिले काठमाडौंको हकमा १० हजार ८ र काठमाडौंबाहिरको हकमा ७ हजार दुई सय न्युनतम पारिश्रमिक तोकिएको छ। पत्रकारले पाउने तलब जिविकोपार्जनका लागि पर्याप्त छ कि छैन? मूल्यवृद्धि हरेक वर्ष १० प्रतिशतका दरले भैरहेका बेला पत्रकारको तलब भने गएका तीन वर्षदेखि बढेको छैन। अतः तलब वैज्ञानिक तरिकाले निर्धारण गर्नुपर्छ। यसका लागि दबाब सिर्जना गर्ने काम महासंघको हो।
न्युनतम पारिश्रमिक निर्धारण समितिको २०७० सालको तथ्यांक अनुसार ४३ प्रतिशत पत्रकार न्युनतम पारिश्रमिकबाट बञ्चित छन्। यी मध्येपनि ४० प्रतिशतले नियमित पाउँदैनन्।
महासंघले पत्रकार सहायताका लागि कानुनी डेस्क स्थापना गरेको छ। २४० दिन काम गरेका तर स्थायी नियुक्ति नपाएका पत्रकारले यसको सहयोगमा श्रम अदालत जान सक्छन्। तर मनोवैज्ञानिक त्रासका कारण पत्रकारले यो सेवा लिएका छैनन्। यो विधि अपनाउँदा भोलि सम्बन्धित मिडियाले नियुक्ति रिन्यु गरिदिएन वा दबाबप्रभावमा परेर महासंघले नै सघाएन भने भन्ने त्रास पत्रकारमा छ। यो भ्रम हटाउन प्रभावकारी ढंगले काम गर्नु नयाँ नेतृत्वको अर्को चुनौती हो।
समानुपातिक विज्ञापन नीति
महासंघले स्थानीयस्तरमा सञ्चालित सानो लगानीका पत्रिका, रेडियो, टेलिभिजनलाई सूचनाको प्रभावकारिताका आधारमा विज्ञापन दिनका लागि समानुपातिक विज्ञापन नीतिको कुरा उठाइरहेको छ। अहिले स्थानीय स्तरका विकास निर्माणका टेन्डर आदिका सूचना पनि राष्ट्रिय स्तरका पत्रिकामा छाप्ने गरेको पाइन्छ। यसको साटो स्थानीय स्तरकै सञ्चारमाध्यममा प्रसारण गर्ने हो भने एकातिर सूचना प्रभावकारी हुन्छ भने अर्कोतिर ती सञ्चारमाध्यमलाई पनि भरथेग हुन्छ। बरु प्रेस काउन्सिल नेपालले पत्रपत्रिका वर्गीकरणका नाममा दिँदै आएको लोककल्याणकारी विज्ञापन बन्द गरे हुन्छ।
स्वास्थ्य बीमाबारे
पत्रकारको स्वास्थ्य बीमाका लागि अर्थ मन्त्रालयले ८ करोड रुपैयाँ स्वीकृत गरेको छ। ८२ लाख महासंघसँगै छ। योजना अनुसार काम भएमा अब हरेक पत्रकारको पाँचलाख रुपैयाँ स्वास्थ्य वीमा हुनेछ। सदस्यता शुद्धीकरणविना यो योजना लागू गरिँदा गैरपत्रकारले पनि यो सुविधा पाउने भए। सदस्यता शुद्धीकरण नगरि विमा कार्यक्रम लागू गर्नु घातक छ। पत्रकार कसलाई मान्ने? महासंघका साधारण सदस्य वा सूचना विभागमा दर्ता भएका? पत्रकार महासंघले यसमा पनि ध्यान पुर्‍याउन आवश्यक देखिन्छ।
लाइसेन्स परीक्षा
पछिल्ला दिनमा अन्य पेशाजस्तै पत्रकारले पनि अनुमति पत्र (लाइसेन्स) लिनुपर्ने आवाज उठेको छ। एकजमानामा पत्रकारिता गरेको मानिसलाई जीवनभर किन पत्रकार भनिरहने? गम्भीर आरोप प्रमाणित भैसकेका र समाजमा खान पल्केको थाहा पाउँदापाउँदै उनीहरुलाई किन पत्रकार भनिरहने। अतः प्रेस काउन्सिललाई नै अधिकारसम्पन्न बनाएर पत्रकारलाई यसैमार्फत परीक्षा लिइ लाइसेन्स दिने व्यवस्था गर्न महासंघले पहलकदमी लिनुपर्छ। यसबाट पत्रकारका तह पनि छुट्याउन सकिन्छ।
अन्त्यमा, पत्रकार महासंघको नयाँ नेतृत्वले महासंघमाथि लाग्ने गरेका हरेक आरोपलाई गफबाट हैन, काम र व्यवहारबाट खारेज गर्न सक्नुपर्छ। श्रमजीवीका मुद्धा ओझेलमा नपरुन् भन्नेमा यसको ध्यान जानुपर्छ। महासंघ, यसको नेतृत्व र पत्रकारलाई गाली गरेरमात्र व्यवसायिकताको विकास हुन सक्दैन। विगतका कमजोरी पहिल्याएर सुधारतर्फ नलागे पत्रकार महासंघबाट एउटा पत्रकारले नयाँ कुरा अपेक्षा गर्नु पनि व्यर्थ हुन्छ।

त्यो खाम सुटुक्क ल्याउनु

एकोहोरो टोलाएर कुर्सीमा बसिरहेको थिएँ । कार्यालयमा काम गर्ने एकजना बहिनी (शायद उनको नाम कृपा थियो) ले सरले भित्र कोठामा बोलाउनुभएको छ भन्ने खवर कानमा सुनाईन । पत्रकारीतामा केही रुचि राख्ने भएका कारण भर्खर भर्खर त्यस क्षेत्रमा पसेको मलाई पत्रिकाको प्रकाशकसंग भेट्न पाउनु सौभाग्यको कुरा पनि थियो । ती वहिनीको कुरा भुईमा खस्न नपाउदै म प्रकाशकको कोठामा पुगेँ ।


प्रकाशक कुर्सीमा बसेर रातो खाममा कुन्नी के मिलाउदै थिए । निकै मेहनतका साथ खाम मिलाउदै गरेको उनको अलिक परको एउटा कुर्सीमाअ टुसुक्क बसेँ तर उनीसँग कुरा गर्ने हिम्मत जुराउन सकिन । ठूलो मेहनतका साथ नमस्कार सर भन्न सम्म भ्याएँ । उनले शायद नमस्कार त भने तर म तिर नजर पनि दिइरहेका थिएनन् । कुर्सीमा बसेको थिएँ, अनि उनले सोध्ने समयकटाउ प्रश्नहरु (के छ हालखवर, खाना खायौं, कसरी वित्दैछन दिनहरु, किन कालो टोपी लगाएको, तिमीलाई गर्मी मौसम कत्तिको मन पर्छ, इत्यादी इत्यादी) को जवाफ दिइरहेको थिएँ ।

उनले आफ्नो काम भ्याएका रैनछन क्यारे, उनले समयकटाउ गफ गरिरहेका थिए । करीव करीव १५ मिनेटको गफगाफ पछि उनले कुराकानीको साराँस पेश गर्दै भने “ भनेपछि क’रा ठिकै रैछ तिमीले एउटा काम गर्नुपर्यो,  नयाँ मान्छे पत्रकारिता सिक्दै पनि गर्नुपर्छ । डोनरहरुसंग चिनजान पनि गर्दै गर्नुपर्छ ।” म एकसरो सुनिरहेको थिएँ । उनी भन्दैथिए “ म तिमीलाई साँच्चैको पत्रकार बनाउछु । ”

पत्रिकाका मालिकसंग प्रत्यक्ष भेटघाट गर्ने सौभाग्य पाएकोमा खुसी भएको मैले मुसुमुसु हाँसिरहेको नाटक गरी मन्टो हल्लाएजस्तो गरिरहेको थिएँ । उनका कुराहरु सुनिरहेको पनि थिएँ ।

कुरा गर्दैगर्दा उनी कुर्सीबाट जुरुक्क उठेर मेरो छेउमा आए । करीव करीव आधा घण्टाको समयमा तयार पारेको खाम  मतिर देखाउदै उनले भने “ यो त्रिटन कलेजको प्रिन्सिपलको हातमा दिनु यो खाम हेरेपछि उनले तिमीलाई पनि एउटा खाम दिनेछन् त्यो खाम कसैलाई पनि नदेखाई यहाँ ल्याउ तिम्रो लागी के गर्नुपर्छ म गरौंला ।”

उनको यो आग्रहले मलाई रन्थनायो । यो काम सिधै गलत नियतबाट हुँदैछ भन्ने बुझेको मलाई खाउँ भने दिनभरीको सिकार नखाउ भने कान्छाबाउको अनुहार भनेजस्तो भयो । किनकी यो काम गरेँब भने मेरो स्वच्छ पत्रकारिताको पहिलो स्टेप नै दुषित बन्ने पक्का छ भने काम नगरेमा यस पत्रिकाबाट हात धुनुपर्ने निश्चित छ । केही समय गम  खाउँ । अनि बैठक वसेर  निर्णय निकाल्ने निर्णय गरेँ । करीव करीव आधा मिनेट बसेको अन्तरमनको बैठकले यो काम(खाम पुराउने) नगर्ने निष्कर्ष निकाल्यो । त्यसपछि केही समयपछि आउँछु भन्दै म कार्यालयवाट बाहिरिएँ ।

कुरा करीव करीव ६३ सालतिरको हो । भाद्र महिना थियो होला । (पत्रिकाको नाम यहाँ उल्लेख नगरौं ।) मैले कार्यालयबाट निस्किएपछि न त यो पत्रिका कतै वजारमा देखेको छु । न त पहिला नै देखेको थिएँ । मलाई सम्झना छ, उनी (प्रकाशक) ले मलाई रु ५०० दिएर बजारमा पत्रिका खोजेर किनेर ल्याउन अह्राएका थिए । त्यतीवेला मैले मुस्किलले काठमाण्डौका गल्ली गल्ली चहार्दा पनि दुइ दिनको विचमा तीन ओटा पत्रिका भेट्टाएको छु ।

२०६९ सालतिर पोखरा तालिममा सहभागी बन्दाको क्षेण


मेरो पहिलो ब्लग

ब्लगिङ्ग शुरु गरेको छु । पहिलोपटक औपचारिुक रुपमा ब्लग चलाउने सोँच बनेको भएपनि म ब्लगर चाहीँ होइन । किनकि यो मेरो नितान्त पहिलो प्रयास हो ।


यो व्लगमा म आफ्नो भावना तथा विचारहरु प्रकाशित गर्ने गर्छु । यस व्लगमा प्रकाशित कुराहरु मेरा नितान्त व्यक्तिगत कुराहरु हुनेछन् । यस्ता मेरा रचना तथा विचारहरुमा रचनात्मक सुझावको अपेक्षा गर्दछु ।

Meeee

Add caption

अर्घाखाँची जिल्ला आसपासमा रहेर पत्रकारिता गर्ने यो मेरो नितान्त व्यक्तिगत ब्लग हो । म आफुलाई सत्यताको नजिक रहेको पत्रकारको रुपमा चिनाउने प्रयत्नमा छु । मेरो खासमा नाम हरिप्रसाद भुसाल रहेपनि म आफुलाई हरिप्रसाद नेपालीको रुपमा चिनाउने प्रयत्नमा छु । किनकी मलाई भुसाल भन्दा नेपाल नै प्रिय छ

मेरो पहिलो ब्लग

ब्लगिङ्ग शुरु गरेको छु । पहिलोपटक औपचारिुक रुपमा ब्लग चलाउने सोँच बनेको भएपनि म ब्लगर चाहीँ होइन । किनकि यो मेरो नितान्त पहिलो प्रयास हो ।

यो व्लगमा म आफ्नो भावना तथा विचारहरु प्रकाशित गर्ने गर्छु । यस व्लगमा प्रकाशित कुराहरु मेरा नितान्त व्यक्तिगत कुराहरु हुनेछन् । यस्ता मेरा रचना तथा विचारहरुमा रचनात्मक सुझावको अपेक्षा गर्दछु ।

स्टार्ट ब्लगिङ्ग

यो समाचारमूलक साइट होइन, केवल ब्लग मात्र हो ।